समाज


‘निर्वाचन प्रहरी’मा भर्ना हुन लालायित युवा (तस्बिरहरू)

‘निर्वाचन प्रहरी’मा भर्ना हुन लालायित युवा (तस्बिरहरू)

सरोज शाही
पुस २५, २०८२ शुक्रबार १७:५२, काठमाडौँ

आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि ‘निर्वाचन प्रहरी’मा भर्ना खुलेसँगै आवेदन दिनेको घुईँचो लागेको छ।

काठमाडौँसहित देशभरका जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन युवाहरू लामबद्ध देखिन्छन्। 

शुक्रबार दिनभर जिल्ला प्रहरी परिसर काठमाडौँमा आवेदन दिनेहरूलाई कागजपत्र मिलाउने र आवेदन बुझाउनेको घुँइचो लागेको थियो।

आजदेखि १ माघसम्म आवेदन दिन सकिने नेपाल प्रहरीले जनाएको छ। 

गृह मन्त्रालयले निर्वाचनका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्वीकृति दिएको छ।

आफ्नो कोटामा परेको एक लाख ३३ हजार ९८० जनाका लागि नेपाल प्रहरीले आजदेखि भर्ना खुला गरेको हो। सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरीका लागि केही दिनमै आवेदन खुलाउने तयारी गरेको छ ।

निर्वाचन सुरक्षाका लागि सरकारले करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तथा ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख निर्वाचन प्रहरी खटाउने तयारी सरकारले गरेको हो। 

निर्वाचन प्रहरी छनोटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हरेक जिल्लामा सुरक्षा निकायहरु सम्मिलित समिति बन्नेछ। यसअघि म्यादी प्रहरी भनिँदै आएकोमा पहिलो पटक निर्वाचन प्रहरी भनेर नामाकरण गरिएको हो। 

निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउनेछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad