इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले देशमा जारी प्रदर्शनकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा काम गरिरहेको आरोप लगाएका छन्। उनले इरान पछि नहट्ने पनि बताए।
यसपालिको प्रदर्शन सुरु भएपछि पहिलो पटक टेलिभिजन सम्बोधन गर्दै खामेनीले भने, ‘ट्रम्पको हात हजारौँ इरानीको रगतले रंगिएको छ।’
उनले इरानको शाहको सत्ताजस्तै ट्रम्पको सत्ता पनि पतन हुने भविष्यवाणी गरे।
शुक्रबार इरानमा ठूला प्रदर्शनहरू भएका छन्। सडकमा आगो बालिएको छ। सरकारले यी प्रदर्शनहरूमा विदेशीहरूको हात रहेको आरोप लगाएको छ।
‘गतराति तेहरानमा उपद्रवीहरूको एउटा झुण्ड आयो र सरकारी भवन ध्वस्त पार्यो। किन भन्दा अमेरिकी राष्ट्रपतिको मन खुसी पार्न,’ खामेनीले भने।
खामेनीले ट्रम्पलाई आफ्नो मुलुक सम्हाल्न पनि भने।
इरानका पूर्वराजाका छोरा रेजा पहल्वीले सडकमा निस्किन इरानीहरूलाई आह्वान गरेका छन्।
प्रदर्शनमा हालसम्म ४२ जनाको ज्यान गएको र २२ सयभन्दा बढीलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएका छन्।
सरकारले बिहीबार साँझदेखि इन्टरनेट बन्द गराएको छ।
ट्रम्पले गत साता प्रदर्शनकारीमाथि दमन गरे उनीहरूको बचाउमा अमेरिका आउने दाबी गरेका थिए। उनले खामेनी देश छाडेर भाग्न खोजिरहेको पनि बताएका थिए। एजेन्सी
Shares

प्रतिक्रिया