समाज


धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्नेलाई कारबाही गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्नेलाई कारबाही गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

नेपालखबर
पुस २०, २०८२ आइतबार १७:५९, काठमाडौँ

केन्द्रीय सुरक्षा समितिले शान्ति सुरक्षाको पछिल्लो अवस्था बारे गम्भीर छलफल गरेको छ। 

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बसेको बैठक धार्मिक समुदायबिचको बेमेल र पछिल्लो समय केही ठाउँमा एक अर्काका धर्म लक्षित गरेर भएका घटनामा गम्भीर छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले बताए। 

सामाजिक सञ्जालमा गलत, भ्रामक टिप्पणी गर्ने र अर्काको धर्ममा खलल पुर्‍याउने घटनामा संलग्नहरूलाई कारबाही गर्ने पनि बैठकले निर्णय गरेको छ। 

पर्सा लगायतका जिल्लाहरूमा देखिएका केही धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्ने व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने र स्थानीय प्रशासनहरूले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्ने निर्णय पनि भएको काफ्लेले बताए। 

प्रदेश र स्थानीय सरकारहरूलाई पनि यस्तै समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय भएको छ। 

यसैगरी, धार्मिक गतिविधिबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको बैठक बस्ने भएको छ। 

निर्वाचनको सम्बन्धमा सुरक्षा निकायहरूले गरेका अन्तिम तयारीबारे बैठकमा जानकारी लिइएको थियो। 

निर्वाचनको सन्दर्भमा सुरक्षा निकायहरूले अहिलेसम्म के कस्तो तयारी गरेका छन्  र मन्त्रालयले गर्नु पर्ने समन्वयको पाटोमा पनि छलफल भएको छ। 

जेनजी आन्दोलनपछि फरार रहेका कैदी बन्दीहरू पक्राउ गर्ने अभियानलाई अझ बढी तदारुकता प्रदान गर्दै सुरक्षा निकायहरूको विशेष अपरेशनलाई थप प्रभावकारी बनाउने विषयमा पनि सुरक्षा समितिले निर्णय गरेको छ।

टिकटकबाट सुरु भएको विवादले वीरगन्ज तनावग्रस्त, ८ जिल्लामा ‘हाई अलर्ट’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad