ad ad

समाज


विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

वाशुदेव मिश्र
बैशाख २२, २०७७ सोमबार १३:२७,

तनहुँमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन्। जंगलबाट ल्याएको च्याउ खाँदा तनहुँको देवघाट गाउँपालिका–७,साउने बस्ने कृष्णबहादुर भुजेलका सबै परिवार बिरामी भएका हुन्।

बिरामी हुनेमा उनकी श्रीमती गौरिमाया भुजेल, छोरा तीर्थबहादुर भुजेल, मीनबहादुर भुजेल र अर्का छोरा धनलाल भुजेल रहेका छन्।

१५ वर्षीय कान्छा छोराको अवस्था गम्भीर भएको र उनीहरु सबैलाई उपचारको लागि चितवन लगिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .