जनमत पार्टीले राष्ट्रिय पोसक दिवस धोती लगाएर मनाएको छ। डा. चन्द्रकान्त राउतको नेतृत्वमा रहेको पार्टीले बिहीबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर धोती दिवस आयोजना गरेको हो।
पार्टीका नेता तथा कार्यकर्ताहरू धोती लगाएर काठमाडौँको माइतीघर मण्डलामा भेला भएका थिए। कार्यक्रममा सहभागीहरूले ‘धोती-टोपी एक हौं’, ‘धोती हाम्रो गर्व हो’ र ‘धोती मधेसको पहिचान हो’ जस्ता नारा लगाएका थिए।
जनमत पार्टीले धोतीलाई मधेसी समुदायको सांस्कृतिक धरोहरका रूपमा प्रस्तुत गर्दै मधेसीमाथि हुने विभेद र दुव्यर्वहार विरोधस्वरूप यो दिवस मनाइएको जनाएको छ। पार्टीले यसअघि नै देशभरका सबै जिल्लामा धोती दिवस मनाउन परिपत्र जारी गरेको थियो।















51
Shares

प्रतिक्रिया