नेपाल भ्रमणमा आउने विदेशी नागरिकबारे जानकारी राख्ने गरी सूचना व्यवस्थापन प्रणाली सुरु गरिएको छ।
बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन विभागले सुरु गरेको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस)को उद्घाटन गरेका छन्। यस प्रणालीले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अर्यालले विश्वास जनाए।
यस प्रणालीबारे जानकारी दिँदै विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन कानून बमोजिम विदेशी नागरिकको आवतजावत, बसाइँलाई प्रभावकारी बनाउन सूचना प्रणाली सुरु गरिएको बताए। यसले पर्यटकको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउने र विपद्को समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न सजिलो हुने उनको भनाइ थियो।
यससँगै विदेशी नागरिकको नेपाल बसाइँका क्रममा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न, अपराधको अनुसन्धान प्रभावकारी बनाउन पनि यो प्रणाली काम लाग्ने उनले जानकारी दिए। अन्तर्राष्ट्रिय जगतमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न यो प्रणालीले सहयोगी बन्ने तिवारीको भनाइ थियो।
Shares

प्रतिक्रिया