सिन्धुलीमा बुधबार बिहान गाडीले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ।
बुधबार बिहान साढे सात बजेतिर दुधौली नगरपालिका ४ कमलाखोँचमा प्र.१-०२-००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गाडीले ठक्कर दिँदा दुधौली ४ गिजिह्यानी निवासी पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय मोहन धामी रहेका छन्।
पैदल हिँडिरहेको बेला उनलाई गाडीले ठक्कर दिँदा टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको थियो।
ठक्कर दिने पिकअप र त्यसका चालक झापा सिवसतासी नगरपालिका ७ बस्ने वर्ष २९ का अभिशेक अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
105
Shares

प्रतिक्रिया