समाज


अमेरिकी उपराष्ट्रपति पेन्स भन्छन्ः मैले मास्क लगाएको भए पनि हुन्थ्यो

अमेरिकी उपराष्ट्रपति पेन्स भन्छन्ः मैले मास्क लगाएको भए पनि हुन्थ्यो

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १०:३,

कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपबीच उनी चिकित्सकहरुले गरिरहेको काम र अस्पतालहरुको अवस्थाको बारेमा बुझ्न त्यहाँ पुगेका थिए।

सार्वजनिक तस्बिरहरुमा चिकित्सकहरुले मास्क लगाएको देखिए पनि पेन्सले भने मास्क लगाएको देखिएको थिएन।

कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क लगाउनुपर्छ भनेर विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ।

अमेरिका कोरोना भाइरसले सबैभन्दा प्रभावित देश पनि हो। तर पेन्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएपछि उनको चर्को विरोध भएको थियो।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले त आफूले मास्क नै नलगाउने बताएका थिए। हालसम्म पनि ट्रम्पले मास्क लगाएका छैनन्।

यसबीचमा पेन्सले आइतबार आफूले मायो क्लिनिकको भ्रमणका क्रममा मास्क लगाएको भए पनि हुने भनेर अभिव्यक्ति दिएका छन्।

आइतबार फक्स न्युजसँगको कुराकानीमा पेन्सले भने,‘मलाई लाग्दैन यो अपरिहार्य थियो, तर मैले मास्क लगाएको भए पनि हुने थियो।’

मानिसहरुले पेन्सले मास्क नलगाएर आफ्नो साथै अरुमा पनि कोरोना संक्रमण गराउने खतरा भएको भन्दै आलोचना गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad