खेल


रेलिगेसन नगरे ईपीएलका बाँकी खेल तटस्थ भूमिमा खेल्न क्लबहरु सहमत

रेलिगेसन नगरे ईपीएलका बाँकी खेल तटस्थ भूमिमा खेल्न क्लबहरु सहमत

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १०:२,

इंग्लिस प्रिमियर लिगका क्लबहरुले लिगका बाँकी खेलहरु तटस्थ भूमिमा खेलाउँदा रेलिगेसन गर्न नहुने बताएका छन्।

आगामी सिजनका खेलहरु दर्शकविना नै बन्द रंगशालामा खेल्ने योजना बनिरहँदा यो सिजनका बाँकी खेलहरु पूरा गर्न क्लबहरुले १० तटस्थ भूमिमा खेल्नुपर्नेछ।

रेलिगेसको डरमा रहेको क्लब तटस्थ भूमिमा खेल गराउन नहुने बताउँदै आएका छन्। रेलिगेसनको डरमा रहेको ब्राइटनले तटस्थ भूमिमा खेल्ने नियमले लिगको महत्व र प्रतिष्ठा घटाउने दाबी गरेका छन्।

पुछारका क्लबले तटस्थ भूमिमा खेल्न आफ्नो टिम रेलिगेसन पर्ने सम्भावाना बढ्ने बताएका छन्। कोरोना भाइरसको महामारीका कारण ईपीएल मार्च १३ देखि रोकिएको स्थितिमा छ। लिगका सबै २० क्लब समय अनुकुलमा सन् २०१९–२०२० को सिजनका बाँकी ९२ खेल पूरा गर्न भने प्रतिबद्ध छन्।

यस्तै कोरोना भाइरसको कारण आगामी सिजनको प्रिमियर लिग दर्शकविना नै खेल्न क्लबहरु तयार भएका छन्। कोरोनाको महामारीको कारण खेल समर्थकहरु मैदानमा आएर खेल हेर्न गाह्रो हुने भन्दै खेलहरु बन्द रंगशालामा गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad