नेपाल भेटेरिनरी एशोसिएसनले सरकारी सञ्चार माध्यमबाट नै कोरोना भाइरस (कोभिड–१९) बारे पशुपन्छीसँग सम्बन्धित कतिपय भ्रमपूर्ण सन्देशहरु प्रवाह भइरहेको भन्दै आपत्ति जनाएको छ। सर्वसाधारणले गलत अर्थमा बुझ्ने त्यस्ता सन्देश हटाउनसमेत एशोसिएसनले माग गरेको छ।
नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले सोमबार विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारका आधिकारिक निकायहरु, केहि सार्वजनिक संचारका माध्यमहरु तथा सामाजिक सन्जालहरुमा विश्व स्वास्थ्य संगठन र विश्व पशुस्वास्थ्य संगठनले पुष्टि गरेभन्दा भिन्न जानकारीहरु सम्प्रेषण भई सामाजिक भय सृजना भएकोले यस एसोसिएनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको ‘नोभेल कोरोना भाइरस कोभिढड–१९’ सर्वसाधारणका लागि जनचेतनामुलक सन्देश’ मा समेत उपलब्ध छ, मा ‘घरपालुवा पशुपन्छीहरुको असुरक्षित सम्पर्कबाट टाढा रहने’ र ‘पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएरमात्र खाने’ जस्ता स्पष्ट नभएका र सवै लक्षित वर्गले एकै अर्थमा ग्रहण गर्न नसक्ने सन्देश प्रवाह गरिएकाे जनाइएकाे छ।
यस्ताे सन्देशले जनमानसमा गलत अर्थ लाग्न गएको, घरपालुवा पशुपन्छीले हाल यथोचित स्याहार पाउन नसकेको र पोषण सुरक्षाका लागि महत्वपूर्ण मानिएको मासु र अण्डाको उपभोगमा प्रतिकुल प्रभाव परेको पाईएको भन्दै डब्लुएचओ र ओआईईले पुष्टि गरेका तथ्यहरुमात्र समावेश गरी सम्प्रेषण गर्न माग गरिएको छ।

प्रतिक्रिया