नेपाल प्रहरीमा कार्यरत एकजना सहायक हबलदार मृत भेटिएका छन्।
प्रहरी प्रधान कार्यालय काठमाडौँमा कार्यरत सहायक हबल्दार ३० वर्षीय बलबहादुर थापा बुद्धनगरमा मृत फेला परेका हुन्।
नयाँबानेश्वर बुद्धनगरस्थित डेरामा उनलाई मंगलबार बिहान साढे ८ बजेतिर मृत भेटिएको प्रहरी परिसर काठमाडौँको एसपी पवन भट्टराईले जानकारी दिए।
घाँटीमा पासो लागेको अवस्थामा उनलाई सुरुमा पत्नीले फेला पारेकी थिइन्।
पासोमा झुण्डिएको देखेपछि श्रीमतीले उद्धार गरेर थापालाई नजिकैको एभरेष्ट अस्पताल पुर्याएकी थिइन्। अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका एसपपी भट्टराईले नेपालखबरलाई जानकारी दिए।
उनको शव पाेस्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको छ।
1.0k
Shares

प्रतिक्रिया