आज (सोमबार) सुरुवाती मापनमा भन्दा काठमाडौँको न्यूनतम तापक्रम घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे ५.५ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गर्दा ५.२ डिग्री सेल्सियस कायम भएको थियो।
सबैभन्दा तल झरेको तापक्रम नै आजको न्यूनतम तापक्रम हो।
मौसम महाशाखाले काठमाडौँको न्यूनतम तापक्रम सुरुमा बिहान ५.४५ बजे पनि मापन गर्ने गरेको छ।
यसपछि बिहान ८:४५ बजे भने काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम तापक्रम सार्वजनिक गर्ने गर्छ।
हेर्नुहोस् सूची:

माथिको सूचीमा न्यूनतम तापक्रम मात्र आजका हुन् भने अधिकतम तापक्रम हिजोकै हुन्। किनभने आजको अधिकतम तापक्रम साँझ ५:४५ बजे मात्र मापन हुन्छ।
सबैभन्दा माथि चढेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हो।
96
Shares

प्रतिक्रिया