राजनीति


महोत्तरीबाट नेकपाले सिफारिस गर्‍यो गिरिराजमणिसहित १८ जना उम्मेदवार

महोत्तरीबाट नेकपाले सिफारिस गर्‍यो गिरिराजमणिसहित १८ जना उम्मेदवार

नेपालखबर
पुस १३, २०८२ आइतबार १९:२२, काठमाडौँ

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले महोत्तरीबाट प्रत्यक्षतर्फ १८ जनालाई उम्मेदवारमा सिफारिस गरेको छ। 

उम्मेदवार सिफारिसका लागि गठित कार्यदलले महोत्तरीका चारवटा निर्वाचनबाट १८ जनाको नाम सिफारिस गरेको नेता प्रकाश हरी पोखरेलले जानकारी दिए। 

महोत्तरी क्षेत्र नम्बर १ बाट गिरिराजमणि पोखरेलसहित ८ जना सिफारिस भएका छन्।

पोखरेल सो क्षेत्रबाट तीनपटक सांसद निर्वाचित भइसकेका नेता हुन्। ०७९ को निर्वाचनमा भने उनी सोही क्षेत्रबाट एमालेका लक्ष्मी महतोसँग पराजित भएका थिए। त्यतिबेला महतो २३ हजार ४०२ मत प्राप्त गरेर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत प्राप्त गरेका थिए। 

त्यसैगरि महोत्तरी २ बाट मञ्जुकुमारी यादवसहित पाँचजना सिफारिस भएका छन् भने क्षेत्र नम्बर ३ बाट विजयकुमार चौधरीसहित तीन जना सिफारिस भएका छन्। 

क्षेत्र नम्बर ४ बाट भरतप्रसाद साह र वीरेन्द्र यादव सिफारिस भएका छन्। साह हाल मधेस प्रदेशका सांसद छन्। 

महोत्तरीबाट नेकपाले राष्ट्रिय सभा तर्फ १६ जनाको नाम सिफारिस गरेको छ। 

कार्यदलले जसजसको नाम सिफारिस गरेको भए पनि नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल लगायतका शीर्ष नेता महोत्तरीका कुनै पनि क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन आएमा स्वागत गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए। 

त्यसैगरि नेकपा महोत्तरीले चारवटै निर्वाचन क्षेत्रबाट समानुपातिक, प्रत्यक्ष र राष्ट्रिय सभा निर्वाचनका लागि पनि ४० जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad