समाज


सर्वोच्चका १९ न्यायाधीशको एउटै इजलास बस्दै

सर्वोच्चका १९ न्यायाधीशको एउटै इजलास बस्दै

नेपालखबर
पुस १३, २०८२ आइतबार १३:४७, काठमाडौँ

सर्वोच्च अदालतका १९ न्यायाधीशकै एउटै इजलास बस्ने भएको छ। आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितका सबै न्यायाधीशको बृहतपूर्ण इजलास बस्न लागेको हो। 

भदौ २४ गतेपछि अदालतका मिसिलहरु जलेकाले मंसिर मसान्तसम्मको समयलाई शून्य समय मानेर म्याद तारेख थाम्न पाइने निर्णय यसअघि भएको थियो। तर मिसिल प्राप्तिका लागि मंसिर र पुस गरी ६० दिनको समय सर्वोच्चले दिएको छ। 

यो अवधिलाई पेसी तारेख थाम्नका लागि पनि शून्य समय मान्ने आदेश बृहतपूर्ण इजलासले गर्ने संभावना छ। सर्वोच्च प्रशासनले यसका लागि तयार पारेको प्रतिवेदन इजलासमा पेश गरिएको हो। इजालसले निर्णय गरेपछि यो बिचमा पेसी तारेख बुझेमा म्याद नाघेको मानिने छैन। 

इजलासमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारङ्गा सुवेदी, अव्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, नृपध्वज निरौला, नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा रहेका छन्। 

सर्वोच्चमा हाल यी १९ न्यायाधीश मात्रै कार्यरत छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad