मकवानपुरमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
पूर्व पश्चिम राजमार्गमा पर्ने हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरमा गएको मंगलबार मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका मनहरी गाउँपालिका-३ का रघुनाथ पौडेलको उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
७० वर्षीय पौडेलको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हाे।
उनलाई नेवारपानी तर्फबाट बस्तीपुरतर्फ जाँदै गरेको बा.प्र-०३–००५ प ६४२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
पौडेललाई ठक्कर दिएपछि मोटरसाइकल दुर्घटना हुँदा चालक हेटौँडा-१९ बस्तीपुरका वर्ष २७ का विजय घलान र पछाडि सवार वर्ष १८ का रोशन गोले घाइते भएका थिए। उनीहरूको उनीहरुको चुरेहिल अस्पतालमा उपचार भएको छ।
त्यसैगरि मकवानपुरगढी गाउँपालिका- ६ भालुखोलास्थित भित्री सडक खण्डमा गएराति प्र.३–००१४ प ५६६९ को मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
धादिङ बजारबाट हेटौँडा बजारतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकभन्दा अन्दाजी १० मिटर तल खोल्लामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका ३ मक्रान्चुलीका ३१ वर्षीय बुद्ध लामाको पुरानो मेडिकल कलेज भरतपुर र पछाडि सवार मकवानपुरगढी-८ बुढिचौरका २५ वर्षीय देवेन्द्र बोम्जनको सन्चो अस्पताल हेटौँडामा उपचार भइरहेको छ।
त्यसैगरि मदन भण्डारी लोकमार्गमा पर्ने हेटौँडा उपमहानगरपालिका १६ सिपाली चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।
बागमती प्रदेश ०३–००१क ०१४३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०३–००३ प ३१९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा १७ का ४२ वर्षीय मानबहादुर मानन्धर घाइते भएका हुन्।
दुर्घटनापछि फरार रहेका टिपर चालक मकवानपुरगढी ७ स्थित सुकौराका अन्दाजी ३५ तिलकबहादुर पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया