डडेल्धुराको रामपुरमा गएराति अटो र जिप ठोकिँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार राति ८ः३० बजेतिर आलिताल गाउँपालिका–४ जाल्टुडामा म १ च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोकिँदा एक जना युवकको मृत्यु भएको हो। सो दुर्घटनामा परी एक जना युवती घाइते भएकी छन्।
परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको हो।
दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन्। उनको अवस्था गम्भीर भएपछि जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।
अटोमा चालकसहित तीन जना सवार थिए।
दुर्घटनापछि अटो चालक गोपाल मगर फरार छन्। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।
जिपमा सवार तीनैजना सकुशल छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
Shares

प्रतिक्रिया