समाज


सुरुवाती मापनमा शुक्रबारभन्दा घट्यो काठमाडौँको न्यूनतम तापक्रम

सुरुवाती मापनमा शुक्रबारभन्दा घट्यो काठमाडौँको न्यूनतम तापक्रम

नेपालखबर
पुस १२, २०८२ शनिबार ६:२२, काठमाडौँ

सुरुवाती मापनमा आज (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (शुक्रबार) को भन्दा घटेको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस छ।

शुक्रबार यस बेला यहाँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो। यद्यपि पछि बिहान ८:४५ बजे घटेर ५.० डिग्री सेल्सियस कायम भएको थियो। 

आज पनि आधिकारिक न्यूनतम तापक्रम उक्त समयमा पुन: मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले बिहानको भन्दा थप घट्ने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।  

शुक्रबार यस्तो थियो देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम:

 

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad