कोरोना भाइरसबारे चीनलाई अमेरिकाले फेरि आरोप लगाएको छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले कोरोना भाइरस फैलिनुमा चीन दोषी भएको आरोप लगाएका हुन्।
एबीसी न्युजसँग कुरा गर्दै उनले भनेका छन्, ‘त्यो देश (चीन) सँग यो महामारी रोक्ने मौका थियो, जसबाट अहिले विश्व नै सिकार भएको छ। तर उसले यो जानकारीलाई लुकाउने र मानिसहरुलाई भ्रममा पार्ने प्रयासमा लाग्यो।’
उसो भए राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तै कोरोना भाइरस मान्छेले नै बनाएर फैलाएको हो भन्ने प्रश्नमा विदेशमन्त्री पोम्पियोले भने, ‘म यो सिद्धान्तलाई अविश्वास गर्दिनँ र कैयौं ठूला विशेषज्ञले पनि यस्तो आशंका गरिरहेका छन्।’
तर अमेरिकाकै गुप्तचर अधिकारीले भनिसेकका छन् कि वैज्ञानिक पनि कोरोना भाइरस मान्छेले बनाएको होइन भन्नेमा सहमत छन्।
यसबारे जिज्ञासा राखेपछि चाहिँ विदेशमन्त्री पोम्पियोले आफ्नो भनाइ सच्याउँदै गुप्तचर विभागका अधिकारीको भनाइमा शंका गर्न नहुने बताए।बीबीसी
प्रतिक्रिया