समाज


स्वास्थ्य क्षेत्रमा सरकारी र गैरसरकारी निकायबीच सहकार्य आवश्यकः पूर्वराष्ट्रपति यादव

स्वास्थ्य क्षेत्रमा सरकारी र गैरसरकारी निकायबीच सहकार्य आवश्यकः पूर्वराष्ट्रपति यादव

नेपालखबर
पुस ११, २०८२ शुक्रबार २०:२, महेन्द्रनगर (धनुषा)

पूर्वराष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सरकारी र गैरसरकारी निकायबीच सहकार्य जरुरी रहेको बताएका छन्।

आज धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीस्थित तपसी बाबा विद्यालयमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उनले बिग्रँदै गएको स्वास्थ्य अवस्थामा सुधारका लागि आफ्नै खेतबारीमा उत्पादित खाद्यान्न सेवन गर्न सुझावसमेत दिए।

समाज सेवाभन्दा ठूलो धर्म अरु केही नभएको भन्दै पूर्वराष्ट्रपति डा यादवले स्वास्थ्य शिविर आयोजना गरेर राम्रो काम गरिएको भन्दै आयोजकको प्रशंसा गरे। 

नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले दुर्गम क्षेत्रमा विशेषज्ञसहित बृहत् स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरण कार्यक्रम गरेर सराहनीय काम गरिएको बताए। उनले शिविरमा उपचार गराएर स्वास्थ्यलाभ लिनका लागि सबैलाई आग्रह गरे। 

हंसपुर नगरपालिका उपप्रमुख दुर्गीदेवी मण्डलले हंसपुरमा नेपाल–भारतका विशेषज्ञ चिकित्सकको सहभागितामा सुरु भएको स्वास्थ्य शिविरबाट धेरै जना लाभान्वित हुने विश्वास व्यक्त गरिन्।

शिविरका आयोजक समाजसेवी गङ्गाराम यादवले यस क्षेत्रका गरिब तथा विपन्न जनताले भारत तथा काठमाडौँमा उपचार गर्न बाध्य हुनुपरेको भन्दै शिविरबाट केही राहत हुने बताए।

कार्यक्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा दिग्विजयकुमार ठाकुर, तपसी बाबा विद्यालयका प्रधानाध्यापक मदनकुमार महरा, वरिष्ठ चिकित्सक डा गौराङ्ग मिश्र, जनकपुरधामका पूर्वनगरप्रमुख बजरङ्गप्रसाद साहलगायतले सम्बोधन गरेका थिए।

शनिबारसम्म सञ्चालन हुने शिविरमा मुटु, मिर्गौला, बाँझोपन, स्त्री, बालरोग, नाक, कान, घाँटी, हाडजोर्नी, आँखाका साथै सामान्य उपचारसहित निःशुल्क औषधि वितरण गर्ने कार्यक्रम रहेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad