आजै (आइतबार) यसअघि नौ जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ।
यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले बताएकाे छ।
‘आज भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ६ छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्। ‘जो नेपालगञ्ज–०८ निवासी १६, २१, ३४ वर्षका पुरुषहरु हुनुहुन्छ भने ४०, ५५, ६० वर्षका महिलाहरु हुनुहुन्छ।’
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।
यसअघि आइतबार नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे।
त्यसभन्दा पहिले नै शुक्रबार त्यहाँ एकजना संक्रमित भेटिएका थिए। नेपालगञ्जमा अहिलेसम्म १६ संक्रमित भेटिएका छन्।
याे सहित देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।
देशभरका संक्रमितमध्ये १६ जना निकाे भएर घर फर्केका छन्।
याे पनि:
नेपालगञ्जमा आजै १५ जना संक्रमित भेटिएपछि मुख्यमन्त्री पोखरेलको आह्वानः परीक्षणमा सहभागी हुनुहोस्
नेपालगन्जमा ९ सहित एकैदिन १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो
विज्ञ भन्छन्: बाहिरबाट आउनजान रोकौँ, उपत्यकामा गतिविधि सुरु गरौँ
Shares

प्रतिक्रिया