महोत्तरीको गौशाला नगरपालिका १२ राना टोलबाट सशस्त्र प्रहरी टोली र स्थानीय प्रहरीले करीव एक लाख ५० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ।
सोही ठाउँमा रहेको उखुवारीमा लुकाई छिपाई राखेको उल्लेखित मूल्य बराबरको ५४ थान सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जमुनियाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी बरामद गरेको हो।
बरामद काठ सव डिभिजन वन कार्यालय महोत्तरीमा बुझाईएको छ।

प्रतिक्रिया