कारोबार


बजारमूल्यभन्दा बढीमा सिमेन्ट बिक्री गर्ने दुई पसल सञ्चालक पक्राउ

बजारमूल्यभन्दा बढीमा सिमेन्ट बिक्री गर्ने दुई पसल सञ्चालक पक्राउ

नेपालखबर
बैशाख २१, २०७७ आइतबार १२:३९,

सिमेन्टको बजार मूल्यभन्दा बढी लिएर बिक्री गर्ने दुई हार्डवेयर पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

धनुषा जनकपुर उपमहानगरपालिका११ स्थित रहेको आनन्द इन्टरप्राइजेज हार्डवयर पसलको सञ्चालक राम प्रताप साहले बजार भाउभन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरी टोलीले उक्त पसलबाट शिवम सिमेन्ट १६ बोरा, मारुती सिमेन्ट ३३ बोरा गरी जम्मा ४९ बोरा सिमेन्टसहित निज संचालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई कालोबजारी मुद्दा शीर्षकमा दिन ७ म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

त्यस्तै, जनकपुर उपमहानगरपालिका ४ माछाबजारस्थित रहेको चन्दन आईरन स्टोरको सञ्चालक सत्यनारायण चौधरीको छोरा वर्ष २० को चन्चल कुमार चौधरीले बजार भाउभन्दा बढी मूल्यमा सिमेन्ट विक्री गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

प्रहरी टोलीले निजको गोदाममा शिवम सिमेन्ट ३५० बोरा, मारुती सिमेन्ट २० बोरा र निजको पसलमा सगरमाथा सिमेन्ट ५० बोरा गरी जम्मा ४२० बोरा समेत बरामद गरेको छ।

उनको गोदाम र पसलमा सिल समेत चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad