समाज


तारामण्डल महिला सशक्तीकरण समूहद्वारा थर्मल गन सहयोग

तारामण्डल महिला सशक्तीकरण समूहद्वारा थर्मल गन सहयोग

नेपालखबर
बैशाख २१, २०७७ आइतबार १२:२४,

कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तीकरण अभियानले तिलोत्तमा नगरपालिकालाई ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ।

तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा आइतबार कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाललाई १० थान थर्मल गन हस्तान्तरण गरिएको हो। मन्त्र भुसालले उक्त उपकरण रूपन्देही जिल्लामा रहेको नगरपालिकालाई उपलब्ध गराउने बताइएको छ।

‘कोरोनाको जोखिमबाट बँच्न हामी निरन्तर एक अर्कालाई सहयोग गरिरहेका छौँ। यो लडाइँ एक अर्कालाई सहयोग गरेर मात्रै जित्न सकिन्छ’, संस्थाकी अध्यक्ष पोखरेलले भनिन्। मन्त्री भुसालले संस्था र नगरलाई जोड्ने पुल हुन पाएकोमा आफू खुसी भएको बताएका छन्।

संस्थाले यसअघि पनि थुप्रै सामाजिक कार्य गर्दै आएको छ । कोरोना महामारी सङ्क्रमण तथा नियन्त्रणमा संस्थाले आह भूमिका निर्वाह गर्दै यस अघि काठमाडौँ महानगरपालिकासहित बुढानीलकण्ठ, कीर्तिपुर तथा टोखा नगरपालिकाका अति विपन्न, असहाय र मजदुर परिवारलाई राहत वितरण गरेको छ भने ललितपुर नगरपालिकालाई ३० थान थर्मल गन सहयोग समेत गरेको छ ।

यसका अतिरिक्त संस्थाले लकडाउनकै समयमा रक्तदान, काठमाडौँ वडा न ९ का २६० परिवार सहित सरकारी होस्टेलका विद्यार्थी, भाडामा बसेर पढ्दै गरेका विद्यार्थी, बाल आश्रम र पशुपति क्षेत्रमा भएका गरिब , विपन्न परिवारलाई राहत सामग्री वितरण गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad