सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार ) हिजो (सोमबार) भन्दा झन्डै २ डिग्री सेल्सियस घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो। हिजो यो समय उपत्यकाको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस थियो।
तथापि हिजो बिहान ८:४५ बजे भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ६.८ डिग्री सेल्सियस कायम भएको थियोे। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेला सुरुवातीको भन्दा न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।
सोमबार यस्तो थियोे काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका अधिकतम र न्यूनतम तापक्रम

405
Shares

प्रतिक्रिया