समाज


संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि नेकपा बहुमतका कार्यकर्ताद्वारा दुर्व्यवहार

संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि नेकपा बहुमतका कार्यकर्ताद्वारा दुर्व्यवहार

नेपालखबर
पुस ६, २०८२ आइतबार १७:५७, काठमाडौँ

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालमाथि नेकपा (बहुमत) का कार्यकर्ताहरूले दुर्व्यवहार गरेका छन्।

आज (पुस ६ गते) बिहान ८ बजेतिर विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी, दाङस्थित उपकुलपतिको आवासमै प्रवेश गरी नेकपा बहुमत र अखिल क्रान्तिकारीका कार्यकर्ताले उपकुलपति नेपाल, विश्वविद्यालयका उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सांघातिक हमला गरी घाइते बनाएका प्राध्यापकहरूको संगठनले जनाएका छन्।

महेन्द्रनगरस्थित शारदा विद्यापीठ क्याम्पस नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र प्रजातन्त्रवादी प्राध्यापक सङ्घले संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाप्रति भर्त्सना गर्दै संलग्नमाथि कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad