समाज


कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर

कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर

नेपालखबर
पुस ६, २०८२ आइतबार १७:३९, काठमाडौँ

कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको अदालतले ठहर गरेको छ। विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुर्खेत वीरेन्द्रनगरस्थित तत्कालीन क्षेत्रीय अस्पतालमा दुई शीर्षकको साढे २५ लाख रुपैयाँभन्दा बढी हिनामिना भएको ठहर गरेको हो।

अस्पतालमा प्रयोगमा रहेको डल्फिन सफ्टवेयर मार्फत संकलन गरेको ३४ लाख ३ हजार ८५७ रुपैयाँ मध्ये स्वास्थ्य बिमातर्फको १ लाख ६५ हजार ४३६ रुपैयाँ ५० पैसा र साधारणतर्फ २४ लाख २ हजार ९० रुपैयाँ हिनामिना भएको अदालतले ठहर गरेको हो। यो रकम बैंक दाखिला नभएको पुष्टि भएको अदालतको आदेशमा उल्लेख छ।  

अस्पतालमा बैंककी एक्स्टेन्सन काउन्टर इन्चार्ज गोमा सिंजाली मगरले तृप्ती शाहीलाई बैंकको काउन्टरमा अनाधिकृत प्रवेश दिई सफ्टवेयरबाट जारी भएको बिलको आधारमा उठाएको रकम अस्पतालको खातामा जम्मा नभएको पाइएको छ। 

अर्का प्रतिवादी शंकरप्रसाद सुवेदीले अस्पतालको लेखा अधिकृतको हैसियतमा अस्पतालका विभिन्न काउन्टरहरुबाट डल्फिन सफ्टवेयर मार्फतसमेतसंकलन भएको रकम बैंक दाखिला गराई अस्पतालको खाता दुरुस्त राख्नु पर्नेमा नराखेको अदालतको ठहर छ। 

कर्मचारीसँगको मिलेमतोमा शाहीले अस्पतालको आधिकारीक युजरनेम र पासवर्ड प्रयोग गरी संकलन गरेको रकम हिनामिना गरेको पाइएको हो। तीन जनालाई दोषी ठहर गर्दै अदालतले पुस १८ गतेलाई सजाय निर्धारणका लागी पेसी तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad