प्रवास


नेपाली दूतावास जर्मनीले मनायो ‘विश्व ध्यान दिवस’

नेपाली दूतावास जर्मनीले मनायो ‘विश्व ध्यान दिवस’

नेपालखबर
पुस ६, २०८२ आइतबार १७:४७, मध्य युरोप

संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व शान्ति र सद्भावनाका लागि  ध्यान’ भन्ने मूल नारासहित दोस्रो ‘विश्व ध्यान दिवस’ मनाइँदैछ।

संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसको मान्यता दिएअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइएको हो।

यसै सन्दर्भमा नेपाल सरकारले आफ्ना कूटनीतिक नियोगहरूमा ध्यान शिविर सञ्चालन गर्न निर्देशन दिएअनुसार आज बर्लिनस्थित नेपाली राजदूतावासले पनि ध्यान शिविर सञ्चालन गरेको छ।

दूतावासको सभाहलमा भएको कार्यक्रममा नेपाली तथा जर्मन नागरिकहरूको सहभागिता थियो। ध्यान शिविर जीवन विज्ञानका प्रशिक्षकद्वय डा. अमित मैनाली तथा डा. प्रतिभा काफ्ले मैनालीले ध्यान र योग विधिका बारेमा सहभागीलाई प्रशिक्षण दिँदै यसका विविध आयामबारे प्रकाश पारेका थिए।

परापूर्वकालदेखि नै ध्यान र योगका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको मुलुकको रूपमा विश्व जगत्‌मा नेपालको विशिष्ट पहिचान रहेको सन्दर्भमा संयुक्त राष्ट्र संघको आह्वानमा नेपालले यस प्रकारका कार्यक्रमको आयोजना गर्नु उत्साहजनक रहेको नेपाली दूतावास  बर्लिनका कार्यवाहक राजदूत सागर प्रसाद फुयालले बताए।

ध्यान शिविर कार्यक्रमको माध्यमबाट जर्मनीमा समेत नेपालको ध्यान र योगको प्रचारप्रसार तथा प्रवर्द्धन हुने विश्वास फुयालले व्यक्त गरे।

गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad