समाज


पत्रकार अजय गोर्खालीको ‘रहस्यमय’ मृत्युबारे छानबिन गर्न महासंघको माग

पत्रकार अजय गोर्खालीको ‘रहस्यमय’ मृत्युबारे छानबिन गर्न महासंघको माग

नेपालखबर
पुस ६, २०८२ आइतबार १५:५५, काठमाडौँ

नेपाल पत्रकार महासंघले पत्रकार अजय गोर्खालीको मृत्यु रहस्यमय देखिएको भन्दै छानबिन गर्न सरकारसँग माग गरेको छ।

पत्रकार गर्खालीको गत मंसिर २० गते निधन भएको थियो।

सार्वजनिक भएका फोटो, भिडिओ तथा प्रत्यक्षदर्शीको भनाइले गोर्खालीको मृत्यु रहस्यको घेराभित्र रहेको आशंका गर्नसकिने महासंघ चितवन शाखाले जनाएको छ।

शाखाले ‘पत्रकार अजय गोर्खालीको रहस्यमय निधनबारे अध्ययन समिति’ गठन गरी घटनाको अध्ययन गरिरहेको जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा घटनाको तत्काल छानबिन गरी सत्य–तथ्य पत्ता लगाइ दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।

यस्तै, महासंघले पत्रकार हरिसुन्दर छुकालाई अपरिचित व्यक्तिले दुर्व्यवहार गर्दै धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अनुसार यही पुस १ गते मंगलबार साँझ भक्तपुरको ताथली नाला सडकको तोख्याचा खण्ड हुँदै सौडोलस्थित घर फर्कंदै गर्दा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले शाखा सहसचिव छुकालाई अश्लील शब्द प्रयोग गर्दै धम्क्याएका थिए।
 
पत्रकारलाई त्रसित पार्ने घटनाको भत्र्सना गर्दै महासंघले धम्की दिनेको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad