समाज


ललितपुरका पत्रकारलाई मिडिया साक्षरता सम्बन्धी अभिमुखीकरण

ललितपुरका पत्रकारलाई मिडिया साक्षरता सम्बन्धी अभिमुखीकरण

नेपालखबर
पुस ५, २०८२ शनिबार २०:१०, काठमाडौँ

नेपाल पत्रकार महासंघ ललितपुरले गोदावरी नगरपालिकाको सहयोगमा मिडिया साक्षरता सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ

पत्रकारितामा अभ्यास गरिरहेका पत्रकारलाई लक्षित गरेर शुक्रबार र शनिबार दुईदिन अभिमुखीकरण कार्यक्रम गरिएको महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरी कार्कीले जानकारी दिए। 

कार्यक्रममा ललितपुरमा रहेर पत्रकारिता गरिरहेका तथा पत्रकारिता क्षेत्रमा आउन खोज्ने नयाँ विद्यार्थीको सहभागिता थियो।

कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले सञ्चारको महत्व र भूमिकाको बारेमा प्रकाश पार्दै समाचार सम्प्रेषणका माध्यम र तौरतरिकाका बारेमा जानकारी दिएका थिए। 

उनले पत्रकारितामार्फत आमसञ्चार माध्यममा तथ्यपरक र यथार्थ सूचनामात्रै सम्प्रेषण हुने जानकारी गराउँदै सामाजिक सञ्जालमा आउने सबै सूचना सही र सत्य नहुने बताए। 

उनले अबको युगमा पूर्वाधारको विकासमा लगानी गरेजस्तै प्रविधि र मानिसको ‘ब्रेन’को विकासमा लगानी गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले समाजको भौतिक विकासभन्दा प्रविधिको विकास तिव्र रुपमा भइरहेको भन्दै प्रविधिको माध्यमबाट प्रवाह हुने सत्य र असत्य सूचनाहरू छुट्याउन सक्नुपर्नेमा जोड दिए।

कार्यक्रममा महासंघ ललितपुरका अध्यक्ष रामहरी कार्कीले मिडिया साक्षरता स्रोताको शैक्षिक स्तर र बुझाइमा निर्भर हुने बताए।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवम् अग्रज पत्रकार भवानी बरालले पत्रकारिताको आधारभूत अवधारण, फोटो पत्रकार विकास कार्कीको फोटोको प्रयोग, पत्रकार जीवन भण्डारीले पत्रकारितामा एआईको प्रयोगबारे प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad