समाज


अहिले कति छ काठमाडौँमा न्यूनतम तापक्रम?

अहिले कति छ काठमाडौँमा न्यूनतम तापक्रम?

नेपालखबर
पुस २, २०८२ बुधबार ६:५४, काठमाडौँ

काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्दो छ।

तर आज बुधबार बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम मंगलबारभन्दा बढी देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँमा न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस छ।

हिजो यो समय उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ५.० डिग्री सेल्सियस कायम भएको थियो।

आजको आधिकारिक तापक्रम पनि अहिले बिहान ८:४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम बिहान ५:४५ को भन्दा घट्ने सम्भावना हुन्छ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।  

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

हिजो मंगलबार यस्तो थियोे काठमाडौँसहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad