अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्यांकरलाई पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्।
ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भेनेजुएलालाई ‘आतंकवाद, लागुपदार्थ र मानव तस्करी’मा संलग्न भएको आरोप लगाएका छन्।
उनले अगाडि लेखेका छन्, ‘त्यसैले आज म भेनेजुएला प्रवेश गर्ने र बाहिरिने सबै प्रतिबन्धित तेल ट्यांकरहरूलाई पूर्ण नाकाबन्दी गर्न आदेश दिइरहेको छु।’
एक हप्ताअघि मात्र अमेरिकाले भेनेजुएलाको तटबाट एउटा तेल ट्यांकर कब्जा गरेको थियो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले यो कार्यलाई ‘डकैती’ भनेका थिए।
ट्रम्पको नयाँ आदेशले अन्तर्राष्ट्रिय तेलको मूल्यमा उथलपुथल ल्याउने आकलन गरिएको छ।
अमेरिकाले क्यारिबियनमा आफ्नो वायुसेना र नौसेना तैनाथ गरेको छ। यसअन्तर्गत आणविक शक्तिले चल्ने पनडुब्बी, टोही विमान र १५ हजार सेनाहरू छन्।
अमेरिकाले यस क्षेत्रमा धेरैवटा डुंगामा आक्रमण गरिसकेको छ, जसमा अहिलेसम्म ८० भन्दा बढी मानिस मारिएका छन्।
Shares

प्रतिक्रिया