ad ad

समाज


भारतबाट उद्धार गरिएका वृद्धको क्वारेन्टिनमा लैजाँदै गर्दा मृत्यु, स्वाब परीक्षण गरिने

भारतबाट उद्धार गरिएका वृद्धको क्वारेन्टिनमा लैजाँदै गर्दा मृत्यु, स्वाब परीक्षण गरिने

गोकुल जोशी
बैशाख २०, २०७७ शनिबार ७:४६,

नेपाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर बैतडीका एक वृद्धको निधन भएको छ।

बिहीबार दिउँसो उत्तराखण्डको पिथौरागढबाट नेपाल आएका पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको शनिबार बिहान ७ बजे निधन भएको हो।

 बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लोहारको मृत्यु भएको पुष्टि गरे। उनले ती वृद्ध दमको रोगी रहेको र उनको मृत्यु दमकै कारणले भएको हुन सक्ने बताए।

‘उहाँ लकडाउन अगाडि नै दमको रोगको उपचारको सिलसिलामा भारतको उत्तराखण्डको पिथौरागढ गएको खुल्न आएको छ’, नेपालखबरसँग कुरा गर्दै प्रजिअ पौडेलले भने।

उनले उपचारपछि ती वृद्धा छोरीको घरमा बसेको र बिहीबार नेपाल आएको जानकारी दिए।

बिहीबार राति नेपाल आएका उनलाई सुरुमा दशरथचन्द नगरपालिकाको एक विद्यालयमा राखिएको थियो। शुक्रबार पुरचौर्डी नगरपालिकाको एक क्वारेन्टिनमा ल्याइएका उनलाई शनिबार अर्को क्वारेन्टिनमा लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।  ‘व्यवस्थित क्वारेन्टिनमा सार्ने बेला आज बिहान बाटोमै मृत्यु भएको हो’, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख (डीएसपी) डिल्लीराम पाण्डेले भने।

प्रजिअ पौडेलल क्वारेन्टिनमा राखेका व्यक्तिको मृत्यु भएपछि उनको स्वाब परीक्षणका लागि पठाउने तयारी भइरहेको जानकारी दिए।

‘उहाँमा कोरोनाको कुनै लक्षण देखिएको थिएन’, उनले भने, ‘तैपनि स्वाब परीक्षणलाई लागि धनगढी पठाउने तयारी भइरहेको छ।'

सरकारले बिहीबार महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .