ad ad

रोचक


बिरालोले आफ्नो बिरामी बच्चा अस्पताल पुर्‍याउँदा चिकित्सकहरु अचम्ममा परे

बिरालोले आफ्नो बिरामी बच्चा अस्पताल पुर्‍याउँदा चिकित्सकहरु अचम्ममा परे

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ७:५३,

बोर्डपान्डालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले दिएको जानकारीअनुसार एक बिरालोले आफ्नो बिरामी बच्चा इस्तानबुलको अस्पतालमा पुर्‍याएको थियो।

बिरामी मान्छेलाई उपचार गर्ने स्थानमा बिरालोले स्वास्थ्य अवस्था बिग्रिएको बच्चा बिरालो बोकेर ल्याएपछि त्यहाँ कार्यरत चिकित्सकहरु नै अचम्मा परेका थिए।

गत अप्रिल २७ मा ट्वीटमा सार्वजनिक भएको तस्बिरहरुमा बिरालोले अस्पताल भित्रै बिरालो बोकेर पुर्याएको देख्न सकिन्छ।

ट्वीटरको एक क्याम्सनमा भनिएको छ,‘आज अस्पतालको आपतकालीन कक्षमा रहँदा एक बिरालोले आफ्नो बिरामी बच्चा बोकेर ल्यायो।’

समाचारहरुका अनुसार अस्पतालमा एक पशु डाक्टर पुगेका थिए। जसले बिरामी बच्चा बिरालोको उपचार गरेका थिए। यतिबेला आमा बिरालो र सानो बच्चा बिरालोको अवस्था सामान्य भएको बताइएको छ।

मानिसहरुले यस भाइरल बनिरहेको तस्बिरहरु सेयर गर्दै यस तस्बिरले आमाको मायाको झल्को दिने बताइरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .