समाज


सेनाको हेलिकप्टरबाट उद्धार गरिएका भारतीय राजदूतको मुटुको अपरेसन सफल

सेनाको हेलिकप्टरबाट उद्धार गरिएका भारतीय राजदूतको मुटुको अपरेसन सफल

नेपालखबर
मंसिर २७, २०८२ शनिबार २०:१७, काठमाडौँ

काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको छ।

राजदूत श्रीवास्तवको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ। उनकाे इन्टेन्सिभ केयर युनिटमा उपचार भइरहेको अस्पतालले जनाएको छ। 

अस्पताल स्रोतका अनुसार राजदूत श्रीवास्तवको मुटुको देब्रे नशामा 'हर्टअट्याक’ भएको हो। मुटुमा स्टेन राखेर ब्लकेज खोलिएको छ।

भारतीय दूतावास स्रोतका अनुसार हाइकिङकै क्रममा राजदूत श्रीवास्तव एक्कासी अचेत भएर ढलेका थिए। अवस्था गम्भीर बनेपछि उनलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्रान्डी इन्टरनेसनल अस्पतालमा पुर्‍याइएको थियो।

राजदूत ढलेर बेहोस भएको खबर पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षकको नेतृत्वमा दुई दर्जन सुरक्षाकर्मी भस्मेसुर डाँडातर्फ गएका थिए। टोलीमै रहेका एक सुरक्षाकर्मीका अनुसार राजदूत रहेको ठाउँ भेट्न गाह्रो भएको थियो।

‘भिर पहरा अनि जंगल रहेछ। लोकेसनमा पुग्न केही समय लाग्यो,’ ती सुरक्षाकर्मीले भने, ‘हामीले भेट्दा उहाँ बेहोस हुनुहुन्थ्यो।’

बेहोस अवस्थामा अस्पताल पुर्‍याइएका उनलाई हर्टअट्याक भएको र ब्लक भएको एउटा नसाको अपरेसन सफल भएको अस्पतालले जनाएको छ। सर्जरीपछि उनको स्वास्थ्य अवस्था स्थिर छ।

हाइकिङका क्रममा दूतावासका दुई जना अफिसर पनि उनको साथमा थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad