अस्ट्रेलिया बस्दै आएका एक नेपाली युवक युवती बलात्कारको आरोपमा जेल परेका छन्।
अस्ट्रेलियाको क्यानबेरामा बस्दै आएका ३१ वर्षीय अभिषेक तिमल्सिनालाई युवतीलाई बलात्कार गरेको आरोपमा त्यहाँको अदालतले तीव वर्ष जेल सजायको फैसला सुनाएको अस्ट्रेलियाली सञ्चारमाध्यम एबीसी न्यूजले जनाएको छ।
तिमल्सिनाको नेपालको ठेगाना भने खुलाइएको छैन।
बलात्कारका दुई अभियोग र सहमतिबिना चारवटा अश्लील कार्यमा दोषी ठहर गर्दै तिमल्सिनालाई जेल सजाय सुनाएको हो।
उनलाई अस्ट्रेलियाको क्यानबेरामा रहेको एसीटी सुप्रिम कोर्टले यस्तो सजाय सुनाएको समाचारमा उल्लेख छ।
उनले आफूले काम गर्ने आर्ट पसलमा आएकी ग्राहक युवतीलाई बलात्कार गरेको अभियोग छ। सामान किन्न आएकी ती युवतीलाई उनले बलात्कार गरेको ठहर अदालतले गरेको हाे।
अस्ट्रेलियाको कानुनअनुसार १२ महिनाभन्दा बढी जेल परेमा तिमल्सिना निर्वासनको जोखिममा पर्ने छन्।
Shares

प्रतिक्रिया