समाज


जानकी मन्दिरमा केक काटेर जन्मोत्सव मनाएको भन्दै आलोचना

जानकी मन्दिरमा केक काटेर जन्मोत्सव मनाएको भन्दै आलोचना

शैलेन्द्र महतो
बैशाख १९, २०७७ शुक्रबार १३:६,

जनकपुरको जानकी मन्दिरमा शुक्रबार जानकी जवमी मनाइएको छ। त्रेता युगमा आदर्श नारी सीताको आजकै दिन जन्म भएको स्मरणमा जनकपुरमा प्रत्यके वर्ष जानकी नवमी धुमधामको साथ मनाइन्छ। तर यस वर्ष कोरोना संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनको कारण जानकी नवमी प्रभावित भएको छ।

यसपटक जानकी मन्दिर भित्रै पूजाअर्चना तथा भक्तिभजन गरी जानकी जन्मोत्सव मनाइएको मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए। विशेष भिडभाड गर्न नहुने हुनाले मन्दिर भित्रै विशेष पूजा अर्चना, भक्तिभजन, दीप प्रज्वलन र प्रसाद चढाएर जानकीजीको जन्मोत्सव मनाइएको उनले बताए।

यसवर्ष केही भक्तजनले जानकी जन्मोत्सवको अवसरमा मन्दिरमा केक समेत चढाएका छन्। केक चढाएको तस्वीर सार्वजनिक भएपछि समाजिक सञ्जालमा महन्तले केक काटेर मिथिलाको परम्परा मास्न खोजेको भन्दै भन्दै व्यापक आलोचना भइरहेको छ।

तर जानकी मन्दिरका सह महन्त वैष्णवले आफूहरुले केक नकाटेको र जानकी मन्दिरले आफैँले केक पनि नचढाएको प्रष्ट पारेका छन्।

‘जानकी नवमीमा हामीले केक काटेका छैनौ‌। केही भक्तजनले प्रसादको रुपमा केक ल्याएर चढाउन दिएपछि हामीले चढाएर पुनः उनीहरुलाई नै फर्काएका छौं’ महन्त दासले भने ‘तस्वीरको वास्तविकता नबुझि हामीलाई बदनाम गर्न खोजिएको छ। यहाँ मान्छेले खिरपुरी पनि प्रसादको रुपमा चढाउन ल्याउँदा हामी चढाएर फर्काउने गरेका छौं। केक पनि प्रसाद नै हो। हामी चढाएर फर्काएका छौं। काटेका छैनौ।’

सह महन्त वैष्णवले जानकी मन्दिरलाई सजाउन बेलुन झुण्ड्याएको र यसलाई अपव्याख्या नगर्न आग्रह गरे।

अन्य वर्षहरुमा जानकी नवमीमा जनकपुरमा विभिन्न कार्यक्रम गरी धुमधामको साथ मनाउने गरिन्छ। जानकी नवमीमा सहभागि भएर पूजार्अचना गर्न नेपालको विभिन्न भाग तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आउने गरेका छन्। तर यसपटक लकडाउनले जानकी नवमीलाई खल्लो बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad