हिजो घटेको सुनको मूल्य आज फेरि बढेको छ। सुनको मूल्य आज तोलामा दुईसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज तोलाको दुई लाख ५२ हजार एकसय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य तोलाको दुईलाख ५१ हजार नौसय रुपैयाँ थियो।
गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने अहिलेसम्मकै उच्च भएको छ।
प्रतितोला एकसय ५० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको तीन हजार सातसय ५० पुगेको हो।
हिजो चाँदीको मूल्य तोलाको तीन हजार ६ सय रुपैयाँ थियो।
459
Shares

प्रतिक्रिया