काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसभन्दा तल पुगेको छ। यसको अर्थ आज (बुधबार) बिहान यहाँ चिसो बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको हो।
यसअघि आजै बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस थियो। तर सबैभन्दा तल झरेको (५.५) तापक्रम नै आजको न्यूनतम तापक्रम हो।
हिजो मंगलबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसम महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ४.१ डिग्री सेल्सियस देखिएको छ।
अनि आज सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ भैरहवामा ११.८ डिग्री सेल्सियस छ।
हेर्नुहोस् अहिलेसम्मको तापक्रम सूची :

मौसम महाशाखाले सार्वजनिक गरेको उक्त सूचीमा न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजो मंगलबारका हुन्।
Shares

प्रतिक्रिया