कारोबार


एनभिडियाका एच२०० चिपहरु चीनमा बेच्न ट्रम्पले दिए ‘ग्रिन लाइट’

एनभिडियाका एच२०० चिपहरु चीनमा बेच्न ट्रम्पले दिए ‘ग्रिन लाइट’

एनभिडियासँगै अन्य कम्पनीहरुले पनि चिप निर्यात गर्न पाउनेछन् (गेट्टी इमेज)


नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १२:४२, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका उन्नत एच२०० चिपहरु चीनमा स्वीकृतिप्राप्त ग्राहकलाई बिक्री गर्न दिन अनुमति दिएका छन्।

राष्ट्रिय सुरक्षा, अमेरिकी रोजगारी र एआई दौडमा अमेरिकी नेतृत्वको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै सोमबार ट्रम्पले उक्त चिप निर्यात गर्न दिने बताएका हुन्। 

बीबीसीका अनुसार एनभिडियासँगै अन्य कम्पनीहरुले पनि चिप निर्यात गर्न पाउनेछन्। 

एनभिडियाका मालिक जेनसेन हुआङले गत हप्ता वासिङटनको भ्रमण गरेका थिए। उनको लबिङपछि ट्रम्पको घोषणा सार्वजनिक भएको हो। 

चीन र अमेरिकाबीच पछिल्ला महिनाहरुमा चर्किएको भूराजनीतिक तनावको बीचमा चिप कम्पनी परेका थिए। अत्यन्ध उन्नत चिपहरु चीनमा निर्यात गर्न अमेरिकाले रोक्दै आएको थियो। 

गत जुलाईमा ट्रम्पले प्रतिबन्ध उल्ट्याए पनि एनभिडियाले चीनमा बिक्रीको १५ प्रतिशत आम्दानी अमेरिकी सरकारलाई दिनुपर्ने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad