समाज


भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघ्यो, ११ सय ४७ को मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघ्यो, ११ सय ४७ को मृत्यु

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १०:१०,

भारतमा कोरोना भाइरस (कोविड–१९) संक्रमितको संख्या ३५ हजार ४३ पुगेको शुक्रबार जनाइएको छ। त्यस्तै संक्रमणबाट ज्यान जानेको संख्या १ हजार १ सय ४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

गएको २४ घण्टायता भारतमा एक हजार ९९३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार भारतभर गएको २४ घण्टायता मृत्यु हुनेको संख्या ७३ जना रहेको छ।

भारतमा देखिएका यी संंक्रमितहरूमध्ये ८ हजार ८८८ जना भने उपचारपछि निको भएर फर्किएका छन्। मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २५ हजार ७ कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत रहेका छन्।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। शुक्रबार पनि यो क्रम जारी नै रहेको उक्त महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या १० हजार ४९८ जना पुगेको उक्त मन्त्रालय बताएको छ। महाराष्ट्रमा कोरोना भाइरस संक्रमणको कारण ४ सय ५९ जनाले ज्यान गुमाएका छन्।

महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ३ सय ९५ संक्रमित रहेका छन्। यस राज्यमा ६ सय १३ जना उपचारपछि घर फर्किएका छन्। गुजरातमा यस भाइरसको सक्रमणको कारण २ सय १४ जनाको ज्यान गएको छ।

गुजरातपछि यस भाइरसको संक्रमण तेस्रो स्थानमा दिल्ली रहेको र यहाँ ३ हजार ५ सय १५ संक्रमित रहेका छन्। यस राज्यमा १ हजार ९४ जना उपचारपछि घर फर्किएका छन्। दिल्लीमा यस भाइरसको सक्रमणको कारण ५९ जनाको ज्यान गएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad