समाज


पश्चिमी वायुको प्रभाव, तराई र उपत्यकाका केही स्थानमा हुस्सु-कुहिरो

पश्चिमी वायुको प्रभाव, तराई र उपत्यकाका केही स्थानमा हुस्सु-कुहिरो

नेपालखबर
मंसिर २१, २०८२ आइतबार ८:२८, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार सबै प्रदेशमा आंशिक बदली छ।

साथै कोसी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक बदली रहनेछ।

राति भने कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad