समाज


लैनचौर दुर्घटनामा भारतीय नागरिकको मृत्यु

लैनचौर दुर्घटनामा भारतीय नागरिकको मृत्यु

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १९:२९, काठमाडौँ

काठमाडौँको लैनचौरस्थित केशरमहलस्थित सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु पहिचान खुलेको छ। मंगलबार अपराह्न भएको दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक ३४ वर्षीय शेख साखिर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।  

उनी १० वर्षदेखि नेपालमा रहेको र घर निर्माणको काम गर्ने व्यक्ति भएको खुलेको छ। उनी काठमाडौँको धोवीचौरमा बस्दै आएका थिए। 
दुर्घटनामा घाइते उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। 

त्यस्तै दुर्घटनामा २ जना ट्राफिक प्रहरी घाइते भएका छन्। ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी हवल्दार परशुराम ठाकुर र कार चालक सुरेशराज कालिका घाइते भएका छन्। कार २ जनालाई ठक्कर दिएर केशर महलको पर्खालमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad