रामेछापको मन्थली नगरपालिका–९, पुरानागाँउमा शुक्रबार (मंसिर १२) राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय ६६ वर्षीया गंगामाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोलाकुमार भट्टले जानकारी दिए।
उनका अनुसार, महिलाको शव क्षतविक्षत अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई जानकारी गराइएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
78
Shares

प्रतिक्रिया