राजनीति


प्रतिनिधि छनोटमा विराटनगरमा ओली र पोखरेल समूहबीच हात हालाहाल

प्रतिनिधि छनोटमा विराटनगरमा ओली र पोखरेल समूहबीच हात हालाहाल

नेपालखबर
मंसिर १३, २०८२ शनिबार १७:१०, विराटनगर

मोरङमा नेकपा एमालेको केन्द्रीय प्रतिनिधि छनौटमा विवाद भएको छ। नेकपा एमालेले प्रतिनिधि छनौटमा लोकतान्त्रिक प्रक्रिया अनुसार शनिबार निर्वाचन भइरहेको अवस्थामा नेकपा एमालेको विराटनगर पार्टी कार्यालयमा केहीबेर ठेलमठेलको अवस्था सिर्जना भएको हो। 

क्षेत्र नम्बर ६ को मतदान केन्द्रमा एकै व्यक्तिले ‘पटक–पटक भोट हालेको’ भन्ने आशङ्कापछि मतदाताबीच ठेलम ठेलकाे अवस्था आएको थियो।

मतदान भइरहेको स्थलमा एक इच्याइएकाे व्यक्तिले  एकभन्दा बढी मत हालेको विषयमा नेकपा एमालेका विराटनगर महानगर पालिकाका इन्चार्ज परशुराम बस्नेतले विवाद झिकेको नेकपा एमालेका नेताहरूले आरोप लगाएका छन्।

बस्नेतले चुनावमा लफडा गर्न थालेपछि ईश्वर पोखरेल समूहले बाहिर निकालेको थियो। यस घटनामा पोखरेल समूह र ओली समूह बिच हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन्।  

बस्नेत ओली समूहका नेता हुन्। बस्नेतलाई बाहिर निकालिए पछि उनको समूहले आपत्ति जनाएको थियो।

यो  बस्नेतले घटनालाई अत्यन्त सामान्य भनेका छन्। उनले भने, 'कसैले पटक–पटक भोट हाल्यो भन्ने विषय उठ्यो तर मैले त्यस्तो नगर भनेर रोकिदिएँ। यो निकै सामान्य मात्र हो, त्यसभन्दा ठुलो घटना होइन। मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ।´ 

एमालेले हात हालाहाल भएको भिडिओ बाहिरिएपछि त्यसलाई सामान्य गर्न खोजेको छ। पोखरेल समूहको नेतृत्व गरेका विनोद ढकालले घटना ठूलो नभई एउटा व्यक्तिले धेरै जना इच्याइएकाे व्यक्तिको नाममा मतदान गरेको भन्दै असन्तुष्ट देखिएपछि सामान्य विवाद भएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad