ad ad

समाज


भारतमा बढ्दै कोरोना संक्रमण : बुधबार ७१ जनाको मृत्यु, संक्रमितकाे संख्या ३३ हजार नाघ्याे

भारतमा बढ्दै कोरोना संक्रमण : बुधबार ७१ जनाको मृत्यु, संक्रमितकाे संख्या ३३ हजार नाघ्याे

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार २:५५,

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ।

बुधबार मात्रै त्यहाँ ७१ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ७९ पुगेको छ। मंगलबार त्यहाँ ६९ जनाले ज्यान गुमाएका थिए।

त्यहाँ अहिलेसम्म संक्रमितको संख्या ३३ हजार नाघेको छ। बिहीबार बिहान साढे ८ बजेसम्मको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या ३३ हजार ६२ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

त्यहाँ बुधबार मात्रै १७ सय ३८ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार भारतमा १९ सय ९ जना नयाँ संक्रमित थपिएका थिए। अहिलेसम्म भारतमा ८ हजार ४ सय ३७ जना उपचारपछि निको भएका छन्।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ। त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ।

कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .