ad ad

समाज


‘दिनभर देशभरि मौसम नखुल्ने, काठमाडौंसहित अधिकांश स्थानमा वर्षा हुने’

‘दिनभर देशभरि मौसम नखुल्ने, काठमाडौंसहित अधिकांश स्थानमा वर्षा हुने’

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार २:४४,

केही दिनदेखि जारी हावाहुरी, चट्याङसहितको वर्षा आज (बिहीबार) पनि नरोकिने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज काठमाडौं उपत्यकासहित देशैभरको मौसम दिनभर नै बदली भइरहने सम्भावना छ भने काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ।

‘काठमाडौं उपत्यकाका त अहिले पनि केही ठाउँमा हल्का पानी परिरहेको छ,’ मौसमविद् श्रेष्ठले बिहीबार बिहान ८ बजे नेपालखबरसँग भने, ‘केही बेरमा रोकिए पनि पुनः बदली भई वर्षा हुने देखिएको छ।’

उनका अनुसार अहिले चितवनमा पनि वर्षा भइरहेको छ र त्यो ‘सिस्टम’ बिस्तारै काठमाडौंतर्फ सर्दै छ।

यस्तै देशका अन्य अधिकांश स्थानमा पनि आज वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए।

‘यो प्रिमनसुनको सिजनमा वर्षासँगै हावाहुरी, चट्याङको पनि सम्भावना त हुन्छ नै,’ उनले भने, ‘तर पनि आजलाई हावाहुरी/चट्याङको सम्भावना पश्चिमी पहाडमा बढी देखिएको छ।’

केही दिनयता देशमा पश्चिमी वायु/स्थानीय वायु र पूर्वी  भू-भागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाे छ। 

यसैका कारण हावाहुरीसहित वर्षा भइरहेकाे माैसम महाशाखाका माैसमविद्ले बताएका छन्। याे क्रम अझै केही दिन जारी रहने पनि उनीहरुले अनुमान गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .