नवलपरासीमा छाेराले कुटपिट गर्दा एक जना वृद्धको मृत्यु भएको छ।
हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको आफ्नै छाेराको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा मृत्यु भएको हो।
घरायसी विवादमा छोराले गए राति बुबालाई कुटपिट गरेका हुन्।
कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। अभियुक्तलाई पक्राउ गरिएको डीएसपी नेपालले बताए।
237
Shares

प्रतिक्रिया