समाज


शरीरमा पेट्रोल खन्याएर आगो लगाएका पुरुषको उपचारको क्रममा मृत्यु

शरीरमा पेट्रोल खन्याएर आगो लगाएका पुरुषको उपचारको क्रममा मृत्यु

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १०:३८, सर्लाही

सर्लाहीमा आफ्नै शरीरमा आगो लगाएका एक पुरुषको मृत्यु भएको छ। 

मंगलबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका झापा गौरादह नगरपालिका-२ बस्ने ५५ वर्षीय सूर्यप्रसाद पोख्रेलको उपचारको क्रममा गएराति प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो। 

पोख्रेलले मंगलबार साँझ लालबन्दी नगरपालिका- ७ डुमडुमे मन्दिर नजिक पेट्रोल छर्केर आफैँलाई आगो लगाएका प्रहरीले जनाएको छ।  

सुरुमा उनलाई प्रहरीले उपचारको लागि लालबन्दीस्थित सिटी केयर हस्पिटलमा लगेका थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि राति नै उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ। 

मृतकका भान्जा कुमार ढकालले उनको सनाखत गरेका हुन्। घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad