काभ्रेपलाञ्चोकमा एक क्यानेडियाली नागरिक भीरमा खसेको अवस्थामा भेटिएपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको छ।
सोमबार साँझ करिब ५ बजे धुलिखेल नगरपालिका-१२ एक्लेखेतस्थित रोशी खोलाको भीरमा लिन्डन एरिक नामका क्यानेडियाली नागरिक दुर्घटनाग्रस्त अवस्थामा अड्किएको देखेपछि स्थानीयहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए।
उनी पनौती नगरपालिका-१० बल्थलीबाट नमोबुद्धतर्फ घुम्न जाने क्रममा भीरबाट लडेका थिए। सूचना पाएपछि प्रहरी चौकी श्यामपाटीबाट प्रहरी नायब निरीक्षक विनय मण्डलको कमान्डमा टोली घटनास्थल पुगेर स्थानीयहरूको सहयोगमा उनको उद्धार गरेको प्रहरीले जनाएको छ।
उद्धार गरिएका विदेशी नागरिकको अवस्था सामान्य रहेको तथा थप स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
243
Shares

प्रतिक्रिया