समाज


बालबालिकाका समाचारलाई प्राथमिकता दिन सञ्चारमाध्यमलाई आग्रह

बालबालिकाका समाचारलाई प्राथमिकता दिन सञ्चारमाध्यमलाई आग्रह

नेपालखबर
मंसिर ७, २०८२ आइतबार २१:३३, भक्तपुर

बालबालिकाको सरोकारका विषयलाई प्राथमिकतामा राख्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ। 

बालबालिका र सञ्चार समूहले आज यहाँ आयोजना गरेको बाल अधिकारसम्बन्धी अन्तरक्रियाका सहभागीहरूले बालबालिकासम्बन्धी महत्त्वपूर्ण विषयवस्तु पनि मिडियामा उजागर नहुँदा न्यायको आवाज प्रभावित हुने गरेको बताए। 

पछिल्लो समय सूचना प्रविधिको पहुँचका कारण सामाजिक सञ्जालको दुरुपयोगले बालबालिका जोखिममा परेको भन्दै यसबारे बालबालिका र अभिभावकलाई सचेत गर्नुपर्ने पनि सहभागीको जोड थियो। 

कार्यक्रममा समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) की विमला ज्ञवालीले बालबालिकाले विभिन्न नयाँ समस्या थपिँदै आएको बताउँदै सामाजिक सञ्जालको दुरुपयोगले शारीरिक र मानसिक समस्या थपिँदै गएको बताइन्। उनले बालबालिकासम्बन्धी धेरै विषयवस्तु समाचार माध्यममा उठान नभएको गुनासो गर्दै प्राथमिकतामा राख्न आग्रह गरिन्।

कार्यक्रममा सञ्चारकर्मी रमेश गिरीले बालश्रम, बाल यौन दुर्व्यवहारको अवस्था र बालबालिकाको सहभागिताका सवालमा कार्यपत्र प्रस्तुत गरेका थिए। उनले सञ्चार माध्यमले बालबालिकाको जोखिमका विषयलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्न सके सचेतनामा योगदान पुग्ने बताए। 

कार्यक्रममा सञ्चार समूहका संयोजक गोविन्द खड्काले बालबालिकाका प्रमुख सवालबारे कार्यपत्र प्रस्तुत गर्दै बालबालिकाको अवस्था, सरकारी तथ्याङ्क र बालबालिकाको भविष्य निर्धारणमा मिडियाको भूमिकाबारे चर्चा गरे। 

कार्यक्रममा सिविसका परियोजना संयोजक उमङ्ग मैनालीले बालश्रम, जोखिममा रहेका बालबालिका, उनीहरूको शिक्षा, स्वास्थ्यको सवाल, उद्धार गरिएका बालबालिका, कानुनी सहायता, अभिभावकको जीविकोपार्जनलगायत विषय  उठान गर्न सके समस्या समाधानमा राज्यलाई दबाब पुग्ने बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad